असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रियसभा बैठक : सांसद शाहीको अभिव्यक्तिप्रति खेद प्रकट

राष्ट्रियसभाको कामकारबाहीका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक पेजमा व्यक्त गर्नुभएको टिप्पणीको सम्बन्धमा सभाको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ४ फागुन : राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रियसभाको कामकारबाहीका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक पेजमा व्यक्त गर्नुभएको अभिव्यक्तिलाई लिएर खेद प्रकट गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद शाहीले सभाको कामकारबाही र सभाका सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकोप्रति खेद प्रकट गर्नुभएको हो ।

राष्ट्रियसभाले २०८१ माघ २८ गते पारित गरेको ‘मिडिया काउन्सिल विधेयक’लाई लिएर सामाजिक सञ्जाल फेसबुकमा प्रतिनिधिसभा सदस्य शाहीले दिनुभएको अभिव्यक्तिप्रति खेद प्रकट गरिएको हो ।

राष्ट्रियसभाका अध्यक्ष दाहालले  भन्नुभयो, “कपोलकल्पित, झुठ र यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता तथा उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ, आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक ढङ्गले राख्न निज माननीय सदस्यलाई यो सभा निर्देशन दिन्छ ।”

राष्ट्रियसभाको आजको शून्य समय र विशेष समयमा प्रतिनिधिसभाका सदस्य शाहीले राष्ट्रियसभाको कामकारबाहीका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक पेजमा व्यक्त गर्नुभएको टिप्पणीको सम्बन्धमा सभाको ध्यानाकर्षण गराइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार