असार २३, २०८२ सोमबार July 7, 2025

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति चयन

निर्वाचन कार्यतालिका अनुसार चार समितिको सभापतिमा एक एक जनाको उम्मेदारी परेपछि सबैजना निर्विरोध निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुदूरपश्चिम, ४ फागुन : सुदूरपश्चिम प्रदेशसभाका चार विषगत समितिका सभापति आज निर्विरोध निर्वाचित भएका छन् ।

लामो समयदेखि नेतृत्वविहीन रहेका प्रदेशसभाका विषयगत समितिका सभापतिको नेतृत्वका बारेमा दलहरुबीच भएको सहमतिबमोजिम ती समिमिका सभापति निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट विशेषाधिकार समितिको सभापतिमा तुल्सी देवकोटा निर्वाचित हुनुभएको छ ।

यसैगरी अर्को सत्ता साझेदार नेकपा (एमाले) का धर्मराज पाठक सामाजिक विकास समितिको सभापति र सत्तामै रहेको नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी अर्थविकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित हुनुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बाट लेखा समितिको सभापतिमा अक्कलबहादुर रावल निर्वाचित हुनुभएको छ ।

निर्वाचन गराउन प्रकाशित निर्वाचन कार्यतालिका अनुसार चार समितिको सभापतिमा एक एक जनाको उम्मेदारी परेपछि उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशसभा नियमावलीबमोजिम दलहरुबीच प्रदेशसभामा विषेशाधिकार समिति गठन गर्ने सहमति भएको थियो ।

यसअघिसम्म प्रदेशसभामा चार विषयगत समिति क्रियाशील रहेका थिए । दलहरुको सहमतिबमोजिम विषेशाधिकार समिति गठन गरिएको हो । विधायन तथा प्रदेश मामिला समितिका सभापतिबाहेक अन्य समिति नेतृत्वविहीन हुँदा समितिहरु ज्येष्ठ सदस्यको भरमा चल्दै आएका थिए । विषयगत समिति नेतृत्वविहीन हुँदा समितिका कामकारबाही प्रभावित भएका थिए ।

झण्डै एक वर्षअघि अर्थविकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, सामाजिक विकास समितिमा नेकपा (एकीकृत समाजवादी) का माया पन्त, सार्वजनिक लेखा समितिमा नेकपा (एमाले) का वीरबहादुर थापा र विधायन तथा प्रदेश मामिला समितिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट निर्वाचित हुनुभएको थियो । सत्तासमीकरण फेरबदल भएसँगै विधायन तथा प्रदेश मामिला समिति सभापतिबाहेकका अन्य समिति गत असार महिनादेखि नेतृत्वविहीन थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार