असार २३, २०८२ सोमबार July 7, 2025

राससको सेवा विविधिकरण प्रशंसनीय छ : राष्ट्रपति पौडेल

६ दशकभन्दा बढी समयदेखि स्वदेश तथा विदेशमा सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषणमा निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय समाचार समिति (रासस)ले पछिल्लो समय आफ्नो सेवामा विविधिकरण गरेकोमा प्रशंसा गर्नुभएको छ ।

राससको ६४औँ वार्षिकोत्सवका अवसरमा समितिका पदाधिकारी, पत्रकार, कर्मचारी, सेवाग्राही एवम् शुभेच्छुकहरूमा आज हार्दिक बधाई र शुभकामना व्यक्त गर्दै सत्यतथ्य, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार आमजनतालाई शीघ्र प्रवाह गरी सुसूचित गराउने कार्यमा राससको दायित्व र भूमिका परिवर्तित सन्दर्भमा अझ बढ्दै गएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले भन्नुभएको छ, “पछिल्लो समयमा विभिन्न भाषाभाषीका समाचार, विविध पुस्तक प्रकाशन, मिडिया सङ्ग्रहालय स्थापना, तालिम तथा पूर्वाधार विकास, २४सै घण्टा सेवासहित समाचार सेवाको विविधिकरणमा दिएको प्राथमिकता प्रशंसनीय छ ।”

राष्ट्रपतिले राससले छ दशकभन्दा बढी समयदेखि स्वदेश तथा विदेशमा सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषणमा निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको समेत उल्लेख गर्नुभएको छ । राससले देश विदेशका फोटो, श्रव्य, श्रव्यदृश्य र नेपाली, अङ्ग्रेजीसहित विविध भाषाका समाचार सामग्री अनलाइन सेवामार्फत अहोरात्र आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँदै आउनु खुसीको विषय भएको उहाँको भनाइ छ ।

अभिव्यक्ति स्वतन्त्रतामात्र होइन स्वतन्त्र, निष्पक्ष र स्वतन्त्र पत्रकारिता तथा हरेक नागरिकको सूचनाको अधिकार बहुलवादमा आधारित लोकतन्त्रमा मात्र सम्भव रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछि मुलुकको एजेण्डा आर्थिक समृद्धि र विकास भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको अभिष्ट पनि यही हो, रासससहितका आमसञ्चार माध्यमले जनताको चाहनाअनुरुप शान्ति, लोकतन्त्रको सुदृढीकरण, दिगो विकास, समावेशी समाज र आर्थिक समृद्धिका लागि आ–आफ्नो क्षेत्रबाट अहम् भूमिका खेल्नेनै छन् भन्ने मैले विश्वास लिएको छु ।”

सूचना प्रविधिको नयाँ–नयाँ प्रयोग र विकाससँगै आमसञ्चार माध्यमको पहुँच तल्लो र सीमान्तकृत समुदायसम्म निर्वाध फैलदो रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले राज्यको चौथो अङ्गका रुपमा पत्रकारिता क्षेत्र र आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।

समाचारको विषयवस्तु, सञ्चार माध्यम र सूचना सम्प्रेषणका क्षेत्रमा देखिएको नविनतासँगै पत्रकारिता क्षेत्रका अगाडि चुनौती पनि थपिएको उल्लेख गर्दै उहाँले सूचना प्रवाहको माध्यम थपिदै गएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले सामाजिक सञ्जालको प्रभाव बढेको बताउँदै यस्तो अवस्थामा मिथ्या सूचनाबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट सचेत रहँदै सही र तथ्यपरक सूचनामा नागरिकको पहुँच स्थापित गनुपर्ने मुख्य चुनौती खडा भइसकेको उल्लेख गर्नुभयो ।

“दक्ष जनशक्ति, आधुनिक स्रोत साधन र प्रविधिको अधिकतम उपयोग गरी आम पाठकको सूचना पाउने चाहना पूरा गर्न राससजस्ता आमसञ्चार माध्यमले सत्यतथ्य, आधिकारिक र विश्वसनीय सूचना सम्प्रेषणमा प्रभावकारी ढङ्गले काम गर्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार