असार २३, २०८२ सोमबार July 7, 2025

पारदर्शिता कायम राख्न राससको समाचार सेवा प्रभावकारी बनेको छ: अध्यक्ष दाहाल

लोकतान्त्रिक समाज निर्माण, पारदर्शिता र सुशासन कायम गर्न तथा देशलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउन राससको भूमिका विशिष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ फागुनः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नागरिकलाई संसदीय प्रणालीका बारेमा सुसूचित गराउन, जनमत निर्माण गर्न तथा पारदर्शिता कायम राख्न राष्ट्रिय समाचार समिति (रासस) को समाचार सेवा प्रभावकारी भएको बताउनुभएको छ ।

राससको ६४औँ वार्षिकोत्सवको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले लोकतान्त्रिक समाज निर्माण, पारदर्शिता र सुशासन कायम गर्न तथा देशलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउन राससको भूमिका विशिष्ट रहँदै आएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष हादालले भन्नुभएको छ, “विसं २०१८ फागुन ७ गते सरकारी तहबाट स्थापना भएको राससले सरकार, राज्य, जनता र देशका दूरदराजका समाचार सङ्कलन गरी प्रवाह गर्दै आइरहेको छ, सञ्चार लोकतन्त्रको महत्वपूर्ण अङ्ग हो, जसले आमजनताको सूचनाको हकलाई सुनिश्चित गर्न योगदान पु¥याउँदै आएको छ ।” नेपालमा भएका ठूलाठूला राजनीतिक आन्दोलनको समर्थन गर्दै परिवर्तनका निम्ति गरेका आन्दोलनमा राससले जनताको पक्षमा अहम भूमिका खेल्दै आएको उहाँको भनाइ छ ।

“सङ्घीय संसद्का दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाका गतिविधिहरू सम्प्रेषणमा राससको भूमिका निकै महत्वपूर्ण रहँदै आएको छ, सभा तथा समितिमा हुने कानुनी बहस, नीति निर्माण, विधेयकको छलफल, संसदीय निर्णय, सार्वजनिक सरोकारका विषयमा गरिने छलफल तथा सरकारको नीति तथा कार्यक्रमसम्बन्धी संवादलाई समाचारमार्फत आम जनतामाझ पु¥याउने काम राससले गरिरहेको छ”, उहाँले भन्नुभएको छ ।

विगत ६३ वर्षको यात्रामा राससले विभिन्न आरोहअवरोह पार गर्दै आफ्नो उत्तरदायित्व पूरा गरेको उल्लेख गर्दै उहाँले प्रविधिको तीव्र विकास र डिजिटल सञ्चार माध्यमको व्यापक विस्तारको वर्तमान परिवेशमा राससले आफूलाई नवीनतम प्रविधिसँग समायोजन गर्दै आफ्नो समाचार सेवा अझ प्रभावकारी रुपमा विस्तार गर्ने अपेक्षा उहाँको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार