बैसाख २२, २०८३ मंगलबार May 5, 2026

प्लाज्मा थेरापी सबै कोरोना विरामीका लागि होइन – डा. सन्तकुमार दास, छाती रोग विशेषज्ञ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईले नयाँ प्रविधि भित्र्याउँदै हुनुहुन्छ ?

प्रविधि आफैंमा नयाँ त होइन । पहिलादेखि पनि अरू रोगहरूको लागि प्रयोग भईराखेको हो । कोभिड-१९ को केशमा नयाँ हो ।

तपाईले यो प्रविधि कत्तिको प्रभावकारी हुने देख्नुभएको छ ?

यो प्रविधि अहिले पनि इन्भेष्टिगेसनको फेजमा छ । कतिपय ठाउँमा यसको राम्रो प्रभाव देखिएको छ भने कतिपय ठाउँमा अपेक्षित प्रभाव देखिएको छैन । कुनैमा हामीले अपेक्षा गरेकोभन्दा राम्रो देखिएको छ ।

तपाईले जुन किसिमको उपचार भित्र्याउनुभएको छ, त्यसले सफलता प्राप्त गर्न सक्छ ?

पहिलो केशमा राम्रो रिजल्ट देखियो । हामीले सोचेभन्दा छिटो रिजल्ट देखियो । अहिलेको अवस्थामा लक्षण भएका कोरोनाको इफेक्ट धेरै देखिएको छ । अहिलेपनि धेरै जना आइ.सी.युमा हुनुहुन्छ । त्यस्ता विरामीहरूको लागि यो उपचार प्रविधि लाभदायी हुन सक्छ ।

यसको महत्वको बारेमा र उपचारबारे बताउनुहोस् न ?

कोही संक्रमित भएर निको भईसकेको छ भने त्यस्ता व्यक्तिको ब्लडबाट, त्यस्ता व्यक्तिले दान गरेको ब्लडबाट अरू संक्रमित जो आइ.सी.युमा हुनुहुन्छ, जो भेन्टिलेटरमा जान सक्ने अवस्थामा हुनुहुन्न र जो पहिले नै भेन्टिलेटरमा गईसकेको छ, त्यस्ता व्यक्तिहरूलाई यो प्रविधिबाट उपचार गर्दाखेरि हामीले धेरै हदसम्म मान्छेको ज्यान जोगाउन सक्छौँ । नयाँ भ्याक्सिन पनि अहिले आइसकेको अवस्था छैन । यस्तो अवस्थामा नेपालमा नै बनाउन सकिने, विदेशबाट मगाउन नपर्ने, ठुला मेसिनहरू नचाहिने प्रविधि भएकोले हाम्रो गरिब देशको लागि उपयोगी हुन्छ ।

तपाईले कसरी उपचार गर्नुहुन्छ विरामीलाई यो प्रविधिमार्फत ?

सबैभन्दा पहिला त रक्तदान गर्ने मान्छे चाहियो जो संक्रमित भएर निको भईसकेको कम्तिमा २ हप्ता भईसकेको हुनुपर्ने, त्यस्ता व्यक्तिको हामीले पि.सि.आर टेस्ट गरेर त्यस्ता व्यक्तिको ब्लड लिइन्छ । र यो ब्लड लिइने प्रक्रिया २ ओटा छ । ब्लडबाट रेड ब्लड सेल र प्लेट्लेट्स छुट्याईन्छ । छुट्याएर बाँकी भएको तरल पदार्थलाई प्लाज्मा भनिन्छ ।

प्लाज्मा थेरापीको बारेमा बताउनुहोस् ?

प्लाज्मामा भाइरससँग लड्ने एन्टीबडीहरू हुन्छ । यसले संक्रमित भाइरसलाई निष्क्रिय पारिदिन्छ । एउटा व्यक्तिमा भएको एन्टीबडी हामी अर्को व्यक्तिमा दिएर उपचार गर्छौँ ।

प्लाज्मा थेरापीले मान्छेमा एउटा उत्साह आयो ?

पहिलो केशले त त्यस्तै देखाएको छ । पछिपछि अगाडि टेस्ट गर्दै जाँदा के हुन्छ, त्यो ठ्याक्कै भन्न सकिँदैन । तर पहिलो केशले हामीलाई उत्साह जगाएकै हो ।

विरामीहरू उत्साहित छन् कि छैनन् ?

जुन विरामीलाई हामीले उपचार गर्यौ, उहाँलाई हामीले ४८ घण्टाभित्र आइ.सि.युबाट निकाल्यौँ । कतिपय अवस्थामा भेन्टिलेटर नचाहिने अवस्थामा पुग्यो । अक्सिजन पहिले ८० देखि ९० प्रतिशतसम्म राखिएको थियो । ४८ घण्टापछि त्यो झरेर ३४ देखि २८ प्रतिशतमा पुग्यो ।

प्लाज्मा थेरापीले सबै कोरोनाका विरामीहरूलाई अक्सिजन दिन सक्छ, सञ्जीवनी बुटि हो यो ?

प्लाज्मा थेरापी सबै कोरोना विरामीका लागि होइन । यो केही लक्षणहरू देखिएको हुन्छ, ती विरामीहरूलाई मात्र हुने हो । जसलाई आइ.सी.यु, भेन्टिलेटर चाहिएको छ, ती विरामीहरूलाई हामी प्रयोग गर्नसक्छौँ । क्रिटिकल अवस्थामा पुगेका विरामीहरूका लागि हो, सबै कोरोना विरामीका लागि होइन ।

अहिले भ्याक्सिन पनि बनेको छैन । थेरापीले पनि अहिले केही उपचार हुन्छ ?

भ्याक्सिन बनेको पनि छैन । सन् २०२० मा भ्याक्सिन बन्लाजस्तो पनि लाग्दैन । केही औषधीहरूले राम्रो रिजल्ट देखाएको छ तर त्यो औषधी अहिले हाम्रो पहुँचमा छैन । अहिले त्यो औषधी विदेशबाट मगाउनुपर्ने हुन्छ । त्यो ज्यादै महँगो हुन्छ । प्लाज्मा थेरापी भनेको हाम्रो यहीको व्यक्तिले ब्लड दान गर्न सक्छ । ब्लड बैंकबाट हामीले ब्लड प्राप्त गर्न सक्छौँ । यो प्रविधिले उपचार गर्नको लागि धेरै नै हित हुन सक्छ । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इन्डियन प्रिमियर लिग : मुम्बईले लखनउलाई ६ विकेटले हरायो
२०८३ बैसाख २२, मंगलबार
प्रदेश स्तरीय भलिबलको प्रतिक्षा
२०८३ बैसाख २२, मंगलबार
सार्वजनिक खरिद प्रक्रिया सहज
२०८३ बैसाख २२, मंगलबार
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : आगामी साउनदेखि खुल्ने
२०८३ बैसाख २२, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल
२०८३ बैसाख २२, मंगलबार
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार