असार २८, २०८२ शनिबार July 12, 2025

बाहिर हल्ला फिजाएजस्तो वर्तमान सरकार ढल्दैन : ईश्वर पोखरेल

वर्तमान सरकार राजनीतिक स्थायित्व र समृद्धिको लागि बनेको हुनाले यो सरकार निरन्तर अघि जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बाहिर हल्ला फिजाएजस्तो वर्तमान सरकार नढल्ने बताएका छन्।

सोमबार हेटौंडामा आयोजित नेकपा एमाले मकवानपुरको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले वर्तमान सरकार राजनीतिक स्थायित्व र समृद्धिको लागि बनेको हुनाले यो सरकार निरन्तर अघि जाने बताए।

‘यसअघिको भएको निर्वाचनमा कुनै पार्टीको पनि स्पष्ट बहुमत आएन र एक्लै सरकार बनाउने स्थिति बनेन। त्यसको फलस्वरूप सरकार बन्ने र टुट्ने प्रक्रिया भैइरह्यो। कहिले नेकपा माओवादीले म्याजिक नम्बर त कहिले के भनेर सरकार ढाल्ने र बनाउने खेलहरू भए,’ उनले भने।

देशकै दुई ठूला राजनीतिक दलहरू कांग्रेस र एमाले स्थायी सरकार र अस्थिर राजनीतिलाई लयमा ल्याउन नयाँ गठबन्धन गर्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए। त्यस्तै सरकार ढल्छ-ढल्छ भनेर हल्ला फिजाएजस्तो नभएको उनले दाबी गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया