काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले ‘रेकर्ड ब्रेक’गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पाँच सय रुपैयाँ बढेर सुन प्रतितोला एक लाख ७१ हजार तीनसय रुपैयाँ कायम भएको छ । यो सुनको मूल्य हालसम्मकै उच्च हो ।
हिजो सुनको मूल्य एकलाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । आज तोलामा १५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ७० रुपैयाँ कामय भएको महासंघले जनाएको छ । हिजो चाँदी एक हजार नौसय ८५ रुपैयाँमा कारोबा भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया