असार २३, २०८२ सोमबार July 7, 2025

विधेयक सर्वसम्मतिले पारित

प्रदेशसभाको अर्को बैठक फागुन १८ गते आइतबार दिउँसो १ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, १३ फागुनः कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सो विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्ताव माथि सभामुख सिर्जना दनुवारले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

‘कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकय’लाई दफावार छलफलका निम्ति विषयगत समितिमा पठाइएको छ ।

दफावार छलफलका लागि दुई वटा संशोधन प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएपछि खानेपानी, सिँचाइ तथा उर्जामन्त्री एकराज कार्कीले सो विधेकयलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाइयोस् भनी प्रस्ताव गर्नुभएपछि सभामुख दनुवारले पेश गर्नुभएको निर्णायार्थ सर्वसम्मतिले पारित गरेको हो ।

शून्य समय

कोशी प्रदेशसभाका सदस्य डोल्मा तामाङ, इस्राईल मन्सुरी, खिनु लङवा लिम्बू, किशोचन्द्र दुलाल, निरन राई, मीना श्रेष्ठ, इन्द्रमणि पराजुली, कमला दर्नालले शून्य समयमा आ–आफ्ना निर्वाचन क्षेत्रका समस्याका बारेमा सदनको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक फागुन १८ गते आइतबार दिउँसो १ बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार