असार २५, २०८२ बुधबार July 9, 2025

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सात दशमलव १३ अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ८८ को विन्दुमा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १३ फागुनः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव १३ अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ८८ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १२ कम्पनीको एक करोड ७८ लाख ६५ हजार सात सय तीन कित्ता शेयर ९७ हजार पाँच सय ६२ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ९० करोड ९३ लाख ८६ हजार दुई सय २७ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ०५, लगानी शून्य दशमलव ७७, जीवन बीमा शून्य दशमलव ८१, उत्पादन तथा प्रशोधन शून्य दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव ०५ र अन्य समूह दुई दशमलव ९० प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क शून्य दशमलव १२, वित्त शून्य दशमलव ७१, लघुवित्त शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव २८ र व्यापार समूह दुई दशमलव ५१ प्रतिशतले घटेको हो ।

गार्डियन माइक्रोलाईफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । सबैभन्दा धेरै घट्नेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ९७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू एक अर्ब दुई करोड ६२ लाख ७३ हजार बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १० लाख ३१ हजार दुई सय ८८ कित्ता किनबेच भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार