असार २८, २०८२ शनिबार July 12, 2025

नेमकिपाको आठौँ महाधिवेशन आजदेखि

महाधिवेशनले बिजुक्छेँलाई नै अर्को कार्यकालका लागि नेता चुन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । आजदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन सुरू हुँदैछ । महाधिवेशन यही फागनु १९ गतेसम्म चल्ने सो पार्टीले जनाएको छ ।

नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईँले नेमकिपाको आठाँै महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा कन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित गर्ने बताउनुभयो । उहाँले महाधिवेशनका लागि काठमाडौँ, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौँको कोटेश्वर, ताथलीलगायत ठाउँमा बाजागाजा, झाँकी, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै दिउँंसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटनसत्रमा परिणत हुने उहाँले बताउनुभयो ।

अध्यक्ष नारायणमान विजुक्छेँ रोहितको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको जानकारी दिँदै उहाँले पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको बताउनुभयो ।

पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ । यसअघिको सातौँ महाधविशेनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । जसमा २३ केन्द्रीय र दुई जना वैकल्पिक केन्द्रीय सदस्य रहेका थिए । यस वर्ष महाधिवेशनले बिजुक्छेँलाई नै अर्को कार्यकालका लागि चुन्ने हो वा नयाँ नेतृत्व आउने हो भन्ने चासो सर्वत्र छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया