असार २५, २०८२ बुधबार July 9, 2025

प्रदेश मन्त्री यादवलाई कोरोना संक्रमण देखिएपछी होम आइसोलेसनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश सरकारले अधिकारिक रुपले जानकारी नदिएपनि प्रादेशिक प्रयोगशालाबाट प्राप्त रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ देखिएको स्रोतले जनाएको छ ।

मन्त्री यादवको मोबाइल अफ रहेको छ भने रिपोर्ट पोजिटिभ आएपछि मन्त्री यादव आफ्नै निवासमा होम आइसोलेसनमा बसेका छन् । यसअघि बुधबार अपरान्ह आन्तरिक मामिला मन्त्रालयका ८ जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । प्रदेश २ कि प्रदेशसभा सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ देखिएको छ।

लगातार कोरोना संक्रमण पुष्टि हुनथालेपछि प्रदेश सरकारका सबै मन्त्रालयहरुले कामकाज ठप्प पारेको छ । मुख्यमन्त्री कार्यालय र समाजिक विकास मन्त्रालयका कर्मचारीहरुमा संक्रमण देखिएपछि मन्त्रालयहरुले कामकाज बन्द गरेको हो ।

यता जनकपुरधाम उपमहानगरपालिकाका केही कर्मचारी र नगर प्रमुखका आफन्तहरुमा समेत संक्रमण पुष्टि भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया