असार २७, २०८२ शुक्रबार July 11, 2025

मुलुक सङ्कटमा परेका बेला राजनीतिक दलबीच सहकार्य हुन्छः उपाध्यक्ष पोखरेल

मुलुक राष्ट्रिय सङ्कट परेका बेला तथा ऐतिहासिक परिवर्तन गर्नुपर्ने अवस्थामा कांग्रेस र कम्युनिष्टबीच सहकार्य हुने गरेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुक सङ्कटमा परेको बेला राजनीतिक दलबीच सहकार्य गरी समधान हुँदै आएको बताउनुभएको छ ।

एमाले पाल्पाले आज तानसेनमा आयोजना गरेको वडा केन्द्रित ‘पार्टी निर्माण अभियान’अन्तर्गत अभिमुखीकरण कार्यक्रममा उहाँले मुलुक राष्ट्रिय सङ्कट परेका बेला तथा ऐतिहासिक परिवर्तन गर्नुपर्ने अवस्थामा कांग्रेस र कम्युनिष्टबीच सहकार्य हुने गरेको स्मरण गर्नुभयो ।

“कांग्रेस उदारवादको प्रतिनिधि हो भने कम्युनिष्ट सर्वहरावादको प्रतिनिधि हो, त्यसकारण सहकार्य मात्र होइन यी दुई शक्तिबीच प्रतिष्पर्धा पनि हुने गर्दछ । छ, नेपाली राजनीतिमा सहकार्य र प्रतिष्पर्धा आवश्यक छ, यसले लोकतान्त्रिक पद्दतिलाई सशक्त बनाउँछ”, उहाँले भन्नुभयो ।

नेपालमा कांग्रेस र कम्युनिष्टबीचको प्रतिष्पर्धा र सहकार्य बहुआयामिक रहेको नेता पोखरेलले धारणा राख्नुभयो । “राणाविरोधी आन्दोलन होस् वा २०१७ सालको राजनीतिक परिवर्तन, २०३६, २०४६ को जनआन्दोलन, २०६२-६३ को आन्दोलन र संविधान जारी गर्ने बेलामा कांग्रेस र कम्युनिष्ट एकै ठाउँमा उभिएका थिए”, उहाँले भन्नुभयो ।

देशव्यापी रूपमा एमालेले वडा केन्द्रित अभिमुखीकरण कार्यक्रम गरिरहेको जानकारी दिँदै उपाध्यक्ष पोखरेलले आधारभूत तहसम्म पुग्ने उद्देश्यले यो कार्यक्रम गरिएको बताउनुभयो । मुलुकका सबै ठाउँमा यो अभियान जारी छ । कार्यक्रममा पाल्पाका १० पालिकाका ८१ वडाका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार