असार २३, २०८२ सोमबार July 7, 2025

शिक्षा व्यावहारिक र जीवनोपयोगी हुनुपर्छ : सभामुख घिमिरे

प्राविधिक र गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामेछाप,  १७ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शिक्षा व्यावहारिक र जीवनोपयोगी हुनुपर्ने बताउनुभएको छ। शनिबार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीस्थित श्री मावि ज्यामिरेखानीको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुाभएको हो।

उहाँले भन्नुभयो, “शिक्षा समाज र व्यक्तिको जीवनमा सुधार ल्याउने खालको हुनुपर्छ।तर नेपालको शिक्षा यस्तो हुन सकेको छैन।नेपालको शिक्षा अहिले व्यक्तिको जीवन उपयोगी बनिरहेको छैन ।”

उहाँले प्राविधिक र गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको पनि बताउनुभयो। अहिले संघीय संसदमा विद्यालय शिक्षा सम्बन्धी विधेयक छलफलमा रहेको बताउँदै सो ऐनले परिवर्तित राजनीतिक सन्दर्भलाई समेट्ने उनले विश्वास व्यक्त गर्नुभयो।घिमिरेले स्थानीय विशेषता र आवश्यकताका आधारमा विकासका काम अघि बढाउनु पर्नेमा जोड दिनुभयो।विकासमा राजनीतिक दल र नेताको भूमिका महत्त्पूर्ण हुने बताउँदै घिमिरेले त्यो भूमिका राजनीतिक दल र नेतृत्वबाट हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतले समग्र गाउँपालिकाको शैक्षिक अवस्था बारे जानकारी गराउनुभएको थियो।गाउँपालिकाको विकास र समृद्धिमा सहयोगी भूमिका निर्वाह गरिदिन उहाँले सभामुखलाई अनुरोध पनि गर्नुभयो।

कार्यक्रममा वडाध्यक्ष शिवप्रसाद न्यौपानेले समग्र वडाको शिक्षा, भौतिक पूर्वाधार लगायतको अवस्था बारे जानकारी गराउँदै शिक्षा गुणस्तर सुधारका लागि शिक्षकले पाउने सेवा पनि सुधार हुनुपर्ने बताउनुभयो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख घिमिरेले विद्यालयको मुख पत्र पनि विमोचन गर्नुभएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार