असार २८, २०८२ शनिबार July 12, 2025

पूर्वराजा ज्ञानेन्द्रको सन्देश राष्ट्रिय मेलमिलापको प्रस्ताव : कमल थापा

संघीयताको खारेजीका निम्ति सोच्न सबै राजनीतिक दलहरूलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भित्र विद्यमान अन्तर्विरोध र विरोधाभासको परिणाम स्वरूप यो व्यवस्था स्वत: धराशायी हुने अवस्थामा पुगेको बताएका छन् ।

प्रमुख राजनीतिक दलहरूको अकर्मण्यता र भ्रष्ट प्रवृत्तिको कारण यो व्यवस्था असफल भएको उनले टिप्पणी गरेका हुन्। आइतबार भक्तपुरमा आयोजित पार्टीको मध्यमाञ्चल विकास क्षेत्र समन्वय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रबाट दिइएको सन्देश देशलाई संकटबाट मुक्त तुल्याउने सदाशयताका साथ आएको राष्ट्रिय मेलमिलापको प्रस्ताव भएको बताए । उनले यो प्रस्तावलाई सकारात्मक रूपमा लिएर हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना एवं संघीयताको खारेजीका निम्ति सोच्न सबै राजनीतिक दलहरूलाई आग्रह समेत गरे ।

थापाले राजासहितको प्रजातन्त्र भनेको निरङ्कुश व्यवस्था नभएको भन्दै राजा र जनताको साझेदारीले बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ तुल्याउने बिचार प्रकट गरे । उनले राजाको सन्देश प्रजातन्त्र, बहुदलीय संसदीय व्यवस्था र दलहरूको विरुद्धमा नभएको समेत स्पष्ट पारे । देशलाई संकटबाट मुक्त तुल्याउन राजाले सहयोगको लागी गरेको आह्वानलाई राप्रपा नेपाल स्वागत गर्ने उनको धारणा थियो।

राष्ट्रले भोग्नुपरेको संकटबाट मुक्तिको निम्ति राजाले सहयोग मागेको बेलामा पनि राजावादी, हिन्दुवादी र राष्ट्रवादीहरू एक ठाउँमा उभिन नसक्नु दुर्भाग्यपूर्ण भएको उनको ठहर छ । अर्को तर्फ केही अराजक तत्त्वहरूबाट राजा र हिन्दुराष्ट्रको नाम लिँदै तथा गैरजिम्मेवार वक्तव्य दिने, परिस्थितिलाई उत्तेजित बनाउने एवं राजा र दलहरू बिचको सम्बन्ध बिगार्ने काम हुनु उदेकलाग्दो भएको भन्दै थापाले यस्तो प्रवृत्ति हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको सम्भावना खलबल्याउने षडयन्त्र हुन सक्ने आशङ्का गरे ।

थापाले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको पक्षमा निरन्तर सशक्त ढंगले संघर्ष गरी रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल जस्ता स्थापित शक्तिहरूको विकल्पमा केही अराजक, गैरजिम्मेवार र अराजनीतिक समूहलाई उचाल्ने काम रहस्यमय छ। राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको क्रममा यस्तो कार्य अत्यन्त घातक र आत्मघाती हुन्छ हुने उनको दाबी थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार