असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय सभाको कार्यतालिका परिमार्जन

कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सम्भावित कार्यतालिकामा अध्यादेश स्वीकृतिको प्रस्ताव राख्न सकिने गरी परिमार्जन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, फागुन २१ गते । राष्ट्रिय सभाले अध्यादेश स्वीकृतिको प्रस्ताव कुनै पनि बैठकमा समावेश हुने गरी फागुनसम्मको सम्भावित कार्यतालिका परिमार्जन गरेको छ । यसअघि फागुन १५ गतेसम्मको सम्भावित कार्यतालिका बनाउँदा सङ्घीय संसद् सचिवालय अध्यादेश स्वीकृतिको प्रस्तावबारे मौन थियो ।

सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले अध्यादेश पेस भइसकेपछि संसद्को ‘बिजनेस’ अन्तर्गत परेकोले सरकारबाट सन्देश आएलगत्तैको बैठकको कार्यसूचीमा राख्न सकिने बताउनुभयो । उहाँले सोही अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सम्भावित कार्यतालिकामा अध्यादेश स्वीकृतिको प्रस्ताव राख्न सकिने गरी परिमार्जन गरिएको जानकारी दिनुभयो । सहायक प्रवक्ता कोइरालाले भन्नुभयो, “सरकारको औपचारिक निर्णय नै पर्खिनु परेन । दलीय सहमति भयो भने सोही आधारमा प्रस्ताव ल्याउन सकिने भयो ।”

सरकारले छ वटा अध्यादेश गत माघ १८ गतेको राष्ट्रिय सभाको बैठकमा पेस गरेको थियो । समर्थन प्राप्त दलको प्रतिनिधिका आधारमा राष्ट्रिय सभामा समेत सरकारसँग बहुमत छ तर सरकारबाहिर रहेर समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश अस्वीकार गर्ने निर्णय गरेपछि अध्यादेश स्वीकृतसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस भएको छैन ।

राष्ट्रिय सभाको बैठक फागुन २२, २३ र २५ गते बस्ने छ । परिमार्जित कार्यतालिकाबमोजिम फागुन २२ गतेको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम तय भएको छ । फागुन २५ गते कृषि तथा पशुपन्छी र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित विषयमा मन्त्रीसँग प्रश्नउत्तर कार्यक्रम हुने छ ।

फागुन २५ गतेको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफलका लागि निर्णय र विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि छलफल र पारित गर्ने सम्भावित तालिका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार