काठमाण्डौः नेप्से परिसूचक बुधबार पनि दोहोरो अंकले घटेको छ।
नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ अंकमा अडिएको छ। यस दिन ३०८ स्क्रिप्सको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ रुपैयाँमा खरिद–बिक्री भयो।
नेप्से परिसूचक घटे पनि समाज लघुवित्त, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र उन्नति सहकार्य लघुवित्तको सेयर सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ९६ करोड ७० लाख बढीको सेयर कारोबार भयो। आज ट्रेडिङबाहेक सबै समूहका सूचक घटेका छन्। सबैभन्दा बढी फाइनान्स समूहको सूचक १.५७ प्रतिशतले घटेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया