असार २३, २०८२ सोमबार July 7, 2025

‘राजनीतिमा महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २३ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा सांसद नारायणी शर्माले सम्पत्तिमा महिलाको समान अधिकार र राजनीतिमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्नुभयो ।

बैठकको आकस्मिक समयमा सांसद शर्माले ११५औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सम्पत्तिमा समान अधिकार, कार्यकारी भूमिकासहित ५० प्रतिशत प्रतिनिधित्व ‘ग्यारेन्टी’ हुने गरी कानुन निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद मनीष झाले टिपर चालकले अनिन्त्रित र जथाभावी टिपर चलाउँदा धेरै मानिसको अकालमा ज्यान जाने गरेको भन्दै टिपर चालकलाई फरक खालको ‘लाइसेन्स’ व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कतिपय अवस्थामा टिपर हिँड्न अनुमति नदिएको अवस्थामा समेत टिपर चलाइरहेको देखिएकाले यसलाई नियन्त्रण गरी जीउधनको सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद दीपकबहादुर सिंहले देवभूमि, बुद्ध र सीताको जन्मभूमि भएकाले नेपालको समृद्धिका लागि धार्मिक पर्यटन प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताउनुभयो । सांसद डा अमरेशकुमार सिंहले रौतहट सदरमुकाम गौर तनावग्रस्त भइरहेकाले तत्काल अध्ययन गरी समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसद मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा एक निर्माण आयोजना अलपत्र छोडेको र जलस्रोत तथा सिँचाइ विभाग, एसियाली विकास बैङ्कको सहयोगमा पश्चिम राप्ती नदी नियन्त्रणका लागि सञ्चालित एक परियोजना निर्माण भइरहेकामा सम्झौताअनुसार सम्पन्न गर्ने समय तीन महिना बाँकी रहँदा ४० प्रतिशत मात्र काम भएकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उक्त परियोजना समयमा निर्माण नभएमा सो क्षेत्रमा धेरै ग्रामीण भाग डुबान र कटान हुने भएको भन्दै समयमै समाधान गर्न माग गर्नुभयो ।

सांसद छिरिङलामु लामा तामाङले बिहीबार जनकपुरमा बुद्धएयरको विमानमा देखिएको लापरबाहीप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपालको आन्तारिक तथा अन्तरराष्ट्रिय उठान सुरक्षित बनाउन आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार