असार २४, २०८२ मंगलबार July 8, 2025

डिभिजन वन कार्यालय जुम्लाद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला, २४ फागुनः डिभिजन वन कार्यालय जुम्लाद्वारा चालु आर्थिक वर्षको आठ महिनामा रु एक करोड २० लाख राजस्व सङ्कलन गरेको छ । गत वर्ष यही अवधिमा खासै राजस्व सङ्कलन हुनसकेकामा यस वर्ष भने उक्त परिमाणमा राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाले जानकारी दिनुभयो ।

उहाँले वन पैदावर र जडीबुटीको संरक्षणबाट यस वर्ष राम्रो आम्दानी गर्न सकिएको बताउनुभयो । “गत वर्ष वन व्यवस्थापन पञ्चवर्षीय कार्ययोजना बनाउन नसकेकाले राजस्व सङ्कलन हुनसकेको थिएन । यसपटक कार्ययोजना निर्माणका साथै विभिन्न जडीबुटी र वन पैदावरको संरक्षण तथा कर्मचारीको सक्रियताका कारा सन्तोषजनक रूपमा राजस्व सङ्कलन भएको छ”, बुढ्थापाले भन्नुभयो ।

कार्यालयले पछिल्लो समय वनको संरक्षण तथा विकास, पर्यटन पूर्वाधार, पार्क निर्माण, पदमार्ग, मठ मन्दिरलगायत पूर्वाधार निर्माण, जडीबुटी प्रशोधन तथा प्रवर्द्धनका क्षेत्रमा विशेष महत्वका साथ काम गरिएको छ ।

यस अवधिमा यहाँ पाँच हेक्टर वन क्षेत्रको अतिक्रमण रोकथाम गरिएको छ । जिल्लाका आठ स्थानीय तहमा रहेका ४६ वनको नयाँ कार्ययोजना बनाइएर काम भइरहेको छ । कार्यालयकाअनुसार यहाँ दुई सय छ सामुदायिक, एक सय २७ कबुलियती, छ वटा निजी वन रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार