असार २३, २०८२ सोमबार July 7, 2025

कर्णाली राजमार्गमा हाइस दुर्घटना: ८ जना घाइते, ५ गम्भीर

गाडीको ब्रेक नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली राजमार्गको तिलागुफा ५ खल्लागाडमा एसएमएल हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । घाइते मध्ये ५ जनाको अवस्था चिन्ताजनक छ भने ३ जना सामान्य छन् । १५ जना सवार गाडी ओरालो सडकमा ब्रेक नलाग्दा माड्ने क्रममा सडकमै पल्टिएको छ ।

सुर्खेत जाँदै गरेका सिंजा ३ का ५२ वर्षीय धनमाने सार्की, सोही ठाउँका ६० वर्षीय मनजीते सार्की, ६५ वर्षीया जर्मा सुनार, सोही गाउँकी ६४ वर्षीया मनकन्या चौलागाई, जुम्ला कनकासुन्दरी ६ का ३९ वर्षीय कर्ण भण्डारी घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले बताए ।

कालिकोटको तिलागुफा नगरपालिका वडानं. ८ का तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाई र पूर्ण प्रसाद चौलागाईं पनि घाइते भएको स्थानीय बासि तथा प्रत्यक्षदर्शी मनमोहन पाण्डेले बताए।

घाइतेको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

गाडीको ब्रेक नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरोले क्षत विक्षत गरेर कर्णाली राजमार्ग जोखिमपूर्ण अवस्थामा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार