असार २४, २०८२ मंगलबार July 8, 2025

एनआइसी एसियाको स्वामित्वमा रहेको ५ वटा कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन

१४ लाख ४६ हजार ९०२ कित्ता लिलामी गरेको सेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, चैत्र १० । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ५ वटा कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १४ लाख ४६ हजार ९०२ कित्ता लिलामी गरेको सेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

एनआइसीले चैत ३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सीआईटी (नागरिक लगानी कोष) को ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफ ५० हजार कित्ता, निफ्रा १० लाख कित्ता र जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ गरी कुल १४ लाख ४६ हजार ९०२ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

जसमा  न्यूनतम मूल्य सीआईटीको ६९६ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २६९ रुपैयाँ, सूर्यज्योति लाइफको १५९ रुपैयाँ, निफ्राको १०५ रुपैयाँ र जीवन विकास लघुवित्तको ५४० रुपैयाँ निर्धारण गरिएको छ ।

यसमा सीआईटीको बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । अन्य ४ कम्पनीको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा भने न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ ।

सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाडौंको थापाथली ट्रेड टावरस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार