असार २३, २०८२ सोमबार July 7, 2025

कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति राजेन्द्र लिङदेनको आपत्ती

ऊर्जा क्षेत्रमा पुन: संकट आउन सक्ने खतरा बढ्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल विद्युत प्राधिकरणमा सरकारले प्रतिगमन गरेको आरोप लगाउनु भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय प्रति गम्भिर आपत्ति जनाउदै अध्यक्ष लिङदेनले प्रतिगमनको टिप्पणी गर्नुभएको हो ।

उहाँले सरकारको यो निर्णय बाट ऊर्जा क्षेत्रमा पुन: संकट आउन सक्ने खतरा बढेको समेत अनुमान गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई ल्याउने निर्णय गरेर नेपाल विद्युत प्राधिकरणमा प्रतिगमन गरेछ । नेपाल विद्युत प्राधिकरणमा गरिएको चरम राजनीतिक हस्तक्षेपले ऊर्जा क्षेत्रमा पुन: संकट आउन सक्ने खतरा बढेको छ। गलत सरकारी रवैयाको सर्वत्र विरोध गरौँ!

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार