असार २६, २०८२ बिहिबार July 10, 2025

म कांग्रेस सभापति हुनमा गिरिजाबाबुको ठूलो योगदान छ : देउवा

गिरिजाले आफूले फुटालेको पार्टी एकीकरणको प्रस्ताव नराखेको भए आफू कांग्रेसको सभापति बन्न नसक्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी सभापति हुनमा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताएका छन् ।

गिरिजापुत्री सुजाता कोइरालाले लेखेको म र सानोबुबा नामक कितावको विमोचन गर्न आज काठमाडौँमा आयोजित कार्यक्रममा देउवाले गिरिजाले आफूले फुटालेको पार्टी एकीकरणको प्रस्ताव नराखेको भए आफू कांग्रेसको सभापति बन्न नसक्ने बताए ।

उनले भने, ‘म पार्टी सभापति हुन गिरिजाबाबुको ठूलो योगदान छ । म पार्टी फोडेर हिडेको मान्छेलाई पार्टीमा फेरि मिलौ नभनेको भए म कांग्रेसका सभापति हुने थिइन् होला । बोलाएर भनेपछि हामीले पार्टी एकीकरण गर्‍यौ । र, अहिले सभापति बन्न पाए ।’

देउवाले आफ्नो र गिरिजाको सम्बन्धमा धेरै उतारचढाव रहेको पनि बताए । कोइराला र म बीच धेरै उतारचढाव छन् । कोइरालाले मलाई पार्टीबाट निकाल्नुभयो, मैले अर्को पार्टी खोले । फेरि मिलौ भन्नुभयो मिल्यौँ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासित
२०८२ असार २६, बिहिबार
आज बिहिबार कस्तो रहला तपाँइको दैनिक राशिफल
२०८२ असार २६, बिहिबार
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार