श्रावण १, २०८२ बिहिबार July 17, 2025

यस्तो छ पौडेलले सार्वजनिक गरेको काँग्रेस पुनर्जागरणको दृष्टिकोण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पुनर्जागरणका लागि आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्।

वरिष्ठ नेता पौडेलले सोमबार सामाजिक सञ्जालमार्फत् पार्टीलाई कसरी नवजीवन दिने र मुलुकलाई कस्तो दिशातर्फ अघि बढाउने भन्ने विषयमा आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन् ।

पार्टीलाई नवजीवन दिने सन्दर्भमा उनले भनेका छन्, ‘निमुखालाई न्याय र विपन्नलाई आय’ मर्मलाई साकार पार्न काँग्रेसको निर्माण। त्यस्तै उनले नेतृत्वमा स्वच्छ छवि, देशभक्ति र फराकिलो राष्ट्रवादी विचार भएको व्यक्ति हुनुपर्ने विचार राखेका छन्।

यस्तो छ पौडेलले सार्वजनिक गरेको काँग्रेस पुनर्जागरणको दृष्टिकोण

१. पार्टीमा नवजीवन
‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील कांग्रेसको निर्माण। सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि। देशभक्ति र फराकिलो राष्ट्रवादी विचार। संसद, सडक र बस्तीबस्तीमा भरोसाको केन्द्र कांग्रेस। न्याय, पारदर्शी मुल्यांकन र निष्पक्षता पार्टी एकताको आधार।

२. लोकतान्त्रिक समाजवाद
उत्पादनमूखी अर्थ नीति, गाउँमूखी विकास, जनमूखी शासन। युवा–केन्द्रित रोजगारी सिर्जना। श्रमको सम्मान गर्ने संस्कृति। एकीकृत सामाजिक सुरक्षा। सार्वजनिक दायित्व वहन गर्ने गतिशील निजी क्षेत्र। जिम्मेवारीबाट नपन्छिने, जतासुकै हस्तक्षेप नगर्ने कल्याणकारी राज्य। मानवीय न्याय, स्वतन्त्रता, मानवीय खुशी र शुखी समाजवादका अन्तिम लक्ष्य।

३. समुन्नतिका आधार
प्रविधि प्रयोगी दक्ष नागरिक। स्वच्छ उर्जा। उच्च उत्पादकत्व सहितको रोजगारमूखी कृषि। बहुआयामिक वातावरण–मैत्री पर्यटन। प्रतिस्पर्धी बजारसंग गाँसिएको उद्योग–व्यवसाय। दूरी र लागत घटाउने पूर्वाधार।

४. हाम्रो बसोबास
स्वच्छ पानी, हावा र खुला मैदानसहितका सुरक्षित बस्तीहरुको सञ्जाल। स्थानीय रोजगारी र आम्दानी, सबैलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षा र सम्मान। नेपाली गाउँको मौलिक चरित्र झल्काउने आधुनिक नगरीकरण।

५. व्यवस्थाको प्रश्न
सत्तरी वर्षको संघर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना। मौलिक हक र विधिको शासनको प्रत्याभुति। भ्रष्टाचार विरुद्ध कठोर संघीय सुशासन। बारम्बार नयाँ प्रयोगको निरुत्साहन, निरन्तर क्रमिक सुधारको मार्ग प्रशस्त गर्ने पद्धति।

६. सामाजिक–धार्मिक सद्भाव
समाजका हरेक समूहबीच सहकार्य। सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण। सामाजिक पूँजीको जगमा सामुदायिक विकास।

७. परराष्ट्र सम्बन्ध
नेपालको अखण्डता र स्वाभिमानको रक्षा। बलियो अर्थ–कुटनीतिक अभ्यास। भाइचारामा आधारित असंलग्न नीति। बिभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवद्र्धधन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार