असार २५, २०८२ बुधबार July 9, 2025

सांसद पद निलम्बन फुकुवा गर्न सभामुख घिमिरेसमक्ष लामिछानेको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको भेटमा लामिछानेले आफ्नो सांसदको पद निलम्बन फुकुवा गर्न माग गर्नुभयो ।

झण्डै दुई महिनाअघि रास्वपाका सभापति लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवाको मागसहित सभामुख घिमिरेसमक्ष निवेदन दिनुभएको थियो । सोही मागलाई स्मरण गराउन आफूहरुले सभामुखसँग भेट गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

उक्त भेटमा लामिछानेसहित रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सोविता गौतम, अशोक चौधरी, शिव नेपाली, डा तोसिमा कार्कीलगायत सहभागी हुनुहुन्थ्यो । सांसदलाई मुद्दा पर्नासाथ पद निलम्बन गर्ने अभ्यासप्रति आपत्ति जनाउँदै उहाँहरुले यस विषयमा थप छलफलका लागि सभामुख घिमिरेसँग आग्रह गर्नुभयो । लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि सङ्घीय संसद् सचिवालयले गत पुस ८ गते सूचना निकालेर सांसद पद निलम्बन गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार