असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रपति पौडेलद्वारा रेडियो नेपालको हीरक महोत्सवमा शुभकामना : समावेशी आवाजमा जाेड

नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक घटना र विषयको साक्षी मात्र नभएर सत्यतथ्य सूचना प्रवाहमा महत्वपूर्ण योगदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेडियो नेपालको ७५औँ वार्षिकोत्सव (हीरक महोत्सव)को अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ।

राष्ट्रपति पौडेलले रेडियो नेपालको स्थापना नेपालमा लोकतन्त्र स्थापनाको ऐतिहासिक घटनाक्रमसँग जोडिएको उल्लेख गर्नुहुँदै यो देशको प्रसारण माध्यमको युग प्रवेशको प्रस्थान विन्दु रहेको बताउनुभएको छ । उहाँले रेडियो नेपाल नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक घटना र विषयको साक्षी मात्र नभएर सत्यतथ्य सूचना प्रवाहमा महत्वपूर्ण योगदान पुऱ्याएको बताउनुभयो।

राष्ट्रपति पौडेलले रेडियो नेपालले २५ भाषामा समाचार र २४ भाषामा कार्यक्रम प्रसारण गरेर नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुऱ्याएको बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार