असार २३, २०८२ सोमबार July 7, 2025

थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक : प्रधानमन्त्री

थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रालाई नेपालको औपचारिक भ्रमणको निमन्त्रणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैङ्कक, चैत २२ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सफल भएको बताउनुभएको छ।

थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनका क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओलीले स्वदेश फर्कनु एक दिनअघि शुक्रबार प्रिदीबानोमयाङस्थित नेपाली राजदूतावासको कार्यालय अवलोकन गर्दै यो भ्रमण सफल रहेको बताउनुभयो।

नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध भएको ६६ वर्षको इतिहासमा नेपालका प्रधानमन्त्रीबाट थाइल्याण्डको भ्रमण भएको यो पहिलो अवसर हो। प्रधानमन्त्री ओलीले भ्रमण र शिखर सम्मेलनका क्रममा भएका द्विपक्षीय भेटवार्ताका क्रममा पनि ती मुलुकसँगको सम्बन्ध विस्तारमा थप बल पुगेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रालाई नेपालको औपचारिक भ्रमणको निमन्त्रणा दिनुभएको छ भने दुईपक्षीय वार्ताका क्रममा संस्कृति, पर्यटनसहित आठ विषयमा सम्झौतामा हस्ताक्षर भएको थियो।

प्रधानमन्त्री ओलीले आफ्नै जग्गामा नेपाली राजदूतावास सञ्चालन भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा यसका लागि थप पूर्वाधार विकास गर्नुपर्ने खाँचो औँल्याउनुभयो।

प्रधानमन्त्री ओलीसहित भ्रमण दलमा रहनुभएका प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले दूतावासको अवलोकन गर्नुभएको थियो।

भ्रमण दललाई स्वागत गर्दै थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले दूतावासको आफ्नै जग्गामा भवन भए पनि नयाँ भवन बनाउनुपर्ने र जग्गा पनि थप विस्तार गर्नुपर्ने अवस्थाबारे जानकारी गराउनुभएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार