असार २५, २०८२ बुधबार July 9, 2025

कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म कुनै पार्टीसँग पनि एकता हुँदैनः माधव नेपाल

जनताको अधिकार संरक्षण गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणका लागि गणतन्त्रात्मक शासन व्यवस्था उत्तम रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २४ चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा लामो जनसङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताएका छन् ।

पार्टीनिकट आदिवासी जनजाति महासङ्घद्वारा आयोजित कार्यक्रममा उनले जनताको अधिकार संरक्षण गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणका लागि गणतन्त्रात्मक शासन व्यवस्था उत्तम रहेको बताएका हुन् ।

निरङ्कुश शासन व्यवस्था पुनः स्थापनाका लागि प्रतिगामी शक्ति क्रियाशील रहेको भन्दै अध्यक्ष नेपालले जनअधिकार सङ्कुचित बनाउने त्यस्तो राजनीतिक पद्धति कुनै हालतमा स्वीकार्य नहुने धारणा राखे ।

पूर्वप्रधानमन्त्री नेपालले जनताका मागलाई जोडेर जनसङ्घर्षकै माध्यमबाट पार्टी निर्माण, पार्टीको साङ्गठनिक सुदृढीकरणमा जनपरिचालनको महत्व तथा अन्तरराष्ट्रिय अभ्यासबारे सम्बोधन गरे । उनले कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म कुनै पार्टीसँग पनि एकताको सम्भावना नरहेको उनको दाबी छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार