असार २५, २०८२ बुधबार July 9, 2025

तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : सभापति देउवा

आफ्नो पार्टीले तीनकुने घटनाको छानबिन गर्नुपर्ने निर्णय गरेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुने घटनाका दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेर सान्त्वना दिँदै हिंसात्मक घटनाका दोषीलाई कुनै पनि बहानामा छोड्न नहुने बताउनुभयो ।

“यही चैत १५ गते तीनकुने घटनामा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु भएको छ, धेरै व्यक्ति घाइते भएका छन्, उक्त घटनाका दोषीलाई कारबाही गर्नुपर्छ, कसैलाई पनि छाड्नु हुँदैन”, पूर्व प्रधानमन्त्री देउवाले भन्नुभयो ।

सभापति देउवाले आफ्नो पार्टीले तीनकुने घटनाको छानबिन गर्नुपर्ने निर्णय गरेको बताउनुभयो । सोही क्रममा रजकका परिवारले सभापति देउवा समक्ष उक्त घटनाको छानबिन नै नभएकाले दोषी उम्कन सक्ने आशङ्का व्यक्त  गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार