असार २५, २०८२ बुधबार July 9, 2025

राप्रपाले भोलिको आमसभा बल्खुमा गर्ने

भोलिको आमसभा बल्खुमा गर्ने राप्रपाको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलिको कार्यक्रम बल्खुमा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिएपछि राप्रपाले भोलिको कार्यक्रम बल्खुमा गर्न लागेको हो ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले भोलिको प्रदर्शनबारे जानकारी गराउँदै भनेका छन्, ‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ।

प्रशासनले सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो । सरकारको रवैयाबाट बुझौं -हाम्रो आन्दोलनले उचाई लिदैंछ । आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।’

जिल्ला प्रशान कार्यालय काठमाडौंले हिजो राप्रपालाई भृकुटीमण्डपमा प्रदर्शन तथा बृहत आमसभा गर्न नदिने निर्णय गरेको थियो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सिफल चौर वा बल्खुमा प्रदर्शनको लागि स्थान उपलब्ध गराउन सकिने जिल्ला प्रशासन कार्यालयले बताएको थियो । जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको दुई विकल्पमध्ये राप्रपाले बल्खु रोजेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार