असार २५, २०८२ बुधबार July 9, 2025

निजामती कर्मचारीलाई सडकमा पुग्ने वातावरण नबनाऔं : विश्वप्रकाश शर्मा

‘निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन हुन्न ।’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्ती विश्वप्रकाश शर्माले निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन नहुने बताएका छन् ।

शुक्रबार राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा उनले शिक्षकलाई जस्तै निजामती कर्मचारीलाई पनि सडकमै पुग्ने वातावरण बनाउन नहुने बताएका हुन् ।

‘यहाँ आउदै गर्दा एकछिन जाममा परियो । सडकम शिक्षकहरू छन्,’ बैठकमा शर्माले भने, ‘निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन हुन्न ।’

कर्मचारीले आफूहरूलाई गुमराहमा राखेर ऐन बनाए सडक आन्दोलनमा जाने चेतावनी दिइरहेको उल्लेख गर्दै उनले भने, ‘उहाँहरूसँग पनि एकपटक छलफल गरौं, ताकि ऐन बन्दा अपनत्व सबैले लिन सकियोस् ।’

एमालेका सांसद रघुजी पन्तले संवैधानिक र सरकारी निकायमा नियुक्तिका लागि निजामती कर्मचारीका लागि कुलीन पिरियड आवश्यक रहेको बताएका छन् । यसो गर्दा सरकारको हात बाँध्न पनि नहुने उनले बताए ।

नेकपा माओवादी केन्द्र लगायत कतिपयले कुलीन पिरियड दुई वर्ष राख्नुपर्ने मत राखिरहेका बेला एमाले सांसद पन्तले एक वर्ष मात्रै कुलिन पिरियड राख्दा उपयुक्त हुने बताएका हुन् । ‘कुलिन पिरियड आवश्यक छ । तर, सरकारको हात पनि नबाधौं र अगाडि बढौं’, उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार