असार २४, २०८२ मंगलबार July 8, 2025

“एकीकृत समाजवादीसँग जनमतको कमी छैन” : माधव नेपाल

यसअघि सम्पन्न निर्वाचनमा आफ्नो पार्टीलाई आदिवासी जनजातिको समर्थन पर्याप्त नभएको स्वीकारोक्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनमतको कमी नरहेको दाबी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने ,’हाम्रो पार्टीसँग लाखौँ सहकारी सदस्य, एनजीओ, आइएनजीओसँग सम्बन्धित व्यक्ति र आदिवासी जनजातिहरूको समर्थन रहेको छ ।’

उनले यसअघि सम्पन्न निर्वाचनमा आफ्नो पार्टीलाई आदिवासी जनजातिको समर्थन पर्याप्त नभएको बताउँदै उनले भने, ‘यदि आदिवासी जनजातिहरूसँग हाम्रो पार्टीको सम्बन्ध बलियो बनाएको भए, हामी राष्ट्रिय पार्टी बन्ने दावीसँग अघि बढ्न सक्थ्यौँ ।’

अध्यक्ष नेपालले पार्टी देशका विभिन्न भागहरूमा सक्रिय रहेको भन्दै कर्णाली प्रदेश, रौतहट, सप्तरी, र हिमाली क्षेत्रका दूरदराज स्थानहरूमा पनि पार्टीको जनसमर्थन देख्न पाइएको बताए। उनले भने,’ हाम्रो पार्टीसँग जनताको भोटको कमी छैन । अहिले पनि हिमाल, पहाड, र तराईका कुनै पनि स्थानमा पार्टीलाई समर्थन गर्ने जनताको कमी महसुस गर्न सकेको छैन ।’

कार्यक्रममा उनले पार्टीलाई अझ बलियो बनाउने र आगामी दिनमा अरू दलभन्दा शक्तिशाली बनाउने अपिल गरे । उनले भने,’हाम्रो पार्टीलाई गतिशील र क्रियाशील राख्न आवश्यक छ । हरेक सदस्यले आफ्नो जिम्मेवारी पुरा गर्दै पार्टीको मजबुतीमा योगदान दिनु पर्छ ।’

अध्यक्ष नेपालले पार्टीको भविष्यका बारेमा बोल्दै, गणतन्त्रका पक्षधरहरूले पुनः एकजुट भएर देशको समृद्धिको लागि काम गर्न आवश्यक रहेको बताए । उनले कम्युनिस्ट पार्टीको क्रान्तिकारी धारलाई सुदृढ राख्नका लागि नयाँ पार्टी गठन गरेको जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार