असार २४, २०८२ मंगलबार July 8, 2025

माओवादी आफ्नै खुट्टामा आगामी चुनाव लड्न सक्ने अवस्थामा : अध्यक्ष प्रचण्ड

आगामी २०८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी भएर समाजवादको आधार पार्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २० वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले देशैभर माअ‍ोवादीको गतिशीलता बढेको र जनतामा पनि विश्वास बढ्दै गएको बताएका छन् । आज (शनिबार) तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले माओवादी फेरि आफ्नै खुट्टामा आगामी चुनाव लड्न सक्ने अवस्थामा पुगेको बताएका हुन् ।

उनले आगामी २०८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी भएर समाजवादको आधार पार्ने दाबी गरे । माओवादी सामाजिक सञ्जालमा एक नम्बरतिर उकालो लागिरहेको र जनमत आकर्षित पारिरहेको बताए ।

अध्यक्ष प्रचण्डले अहिले आफूहरुले व्यवस्थाको विरुद्धमा आवाज उठाउनेहरुलाई जवाफ दिएको बताए । ‘अहिले हामीले सदनबाट खबरदारी गरेका छौँ, जनताको बिचमा गएर खबरदारी गरेका छौँ, सडकबाट पनि हामीले खबरदारी गरेका छौँ । हामी अभियानमा हुँदै गर्दा काठमाडौँमा जसरी राजावादीहरूको वितण्डा देखा पर्न खोज्यो त्यसलाई एउटा जवाफ दिनपर्छ भनेर अभियान रोकेर काठमाडौँ आएर हामी सबैको सहभागितामा हामीले ठुलै धक्का दियौँ,’– उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार