असार २४, २०८२ मंगलबार July 8, 2025

एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई बुझायो ज्ञापनपत्र

प्रदेशले तत्काल सक्ने जति माग पूरा गर्ने र अरू माग बिस्तारै पूरा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, २१ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को कोशी प्रदेश कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिम्कतकुमार कार्कीलाई जनजीविकाको सवालमा ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभित्र विषय समेटेर मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेशले तत्काल सक्ने जति माग पूरा गर्ने र अरू माग बिस्तारै पूरा गर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यक्रमअन्तर्गत आज मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाइएको हो । कार्यक्रममा पूर्वमुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रकुमार राई पनि सहभागी हुनुहुन्थ्यो । उहाँले अहिले सरकारको नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले आफ्नो पार्टीले राखेको माग सम्बोधन गर्न सजिलो हुने उल्लेख गर्दै त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार