असार २४, २०८२ मंगलबार July 8, 2025

एमाले निकट मुस्लिम इत्तेहाद सङ्गठनको अध्यक्षमा हारुन हलवाई निर्वाचित

उपाध्यक्षमा तैयब हुसैन, महिला उपाध्यक्षमा सजिदा सिद्दिकी र महासचिवमा राज मोहम्मद अन्सारी सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाल मुस्लिम इत्तेहाद संगठनको नेपालगन्जमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनले बाँकेका मोहम्मद हारुन हलवाईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

हलवाईको अध्यक्षतामा सर्वसम्मतरुपमा निर्वाचित भएको सङ्गठनको नयाँ कार्यसमितिको उपाध्यक्षमा तैयब हुसैन, महिला उपाध्यक्षमा सजिदा सिद्दिकी र महासचिवमा राज मोहम्मद अन्सारीलाई चयन गरिएको छ । सोही प्रकारले उपमहासचिवमा जबुल मियाँ र सचिवहरुमा अब्दुल करिम खान, सुलेमान मियाँ, हलिम खान र रियासत अलिसहित केन्द्रीय सदस्यहरु गरेर ६५ सदस्यीय समितिको चयन गरिएको मुस्लिम इत्तेहाद सङ्गठनले जनाएको छ ।

केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षमा पूर्व अध्यक्ष तथा सांसद सेराज अहमद फारुकीलाई चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि शनिवार शुरु भएको सो महाधिवेशनको उदघाटन नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले गर्नुभएको थियो ।

देशभरिबाट ६०० बढी मुस्लिम प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहेको सो सम्मेलनले नयाँ कार्य समिति निर्वाचन गर्नुका साथै विभिन्न अन्य निर्णयहरु पनि गरेको र ती निर्णय पत्रकार सम्मेलन गरेर जानकारी गराइने छ ।

मुस्लिम इत्तेहाद संगठनका नवनिर्वाचित अध्यक्ष हारुन हलवाइले संगठनले देशभरिका मुस्लिम समुदायलाई संगठनभित्र गोल बन्द गर्ने र गणतन्त्र तथा धर्म निरपेक्षतासंगै धार्मिक तथा सामाजिक सदभावको सुदृढीकरणका लागि काम गर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार