असार २४, २०८२ मंगलबार July 8, 2025

चौधरी पक्राउबारे जानकारी दिन संसदमा माग

एकताको प्रक्रिया अगाडि बढिरहेको बेला सर्वोच्च अदालतको नक्कली पत्रले रेशम चौधरीलाई अनाहकमा दुःख दिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २२ वैशाखः सांसद अब्दुल खानले रेशम चौधरीलाई पक्राउ गरिएको बारेमा संसद्मा जानकारी दिन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बीचमा एकता हुन लागिरहेको सन्दर्भमा चौधरीलाई पक्राउ गर्नुको पछाडि राजनीतिक षड्यन्त्र भएको आरोप लगाउनुभयो । सांसद रामप्रकाश चौधरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको पक्राउका बारेमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्नुभयो ।

सांसद गङ्गाराम चौधरीले यही वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बीचमा एकताको प्रक्रिया अगाडि बढिरहेको बेला सर्वोच्च अदालतको नक्कली पत्रले रेशम चौधरीलाई अनाहकमा दुःख दिएको बताउनुभयो ।

सांसद रञ्जुकुमारी झाले सप्तरीको गाउँ ब्लकको जग्गाधनीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट बढोत्तरी गर्न बहुपक्षीय योजनामा पार्न आग्रह गर्नुभयो ।

सांसद रेखा यादवले देशव्यापी रुपमा भ्रष्टाचार मौलाएको भए पनि कारबाही नभएकामा गुनासो गर्नुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणले पछिल्लो पटक जारी गरेको श्वेतपत्रका बारेमा सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो । सांसद यादवले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति असन्तुष्टि प्रकट गर्नुभयो ।

सांसद प्रेम सुवालले मौलाउँदो भ्रष्टाचार, विचौलियाको बिगबिगी नियन्त्रणका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रभु साहले काठमाडौँको सुकुम्बासी बस्तीमा खानेपानी रोकिएकामा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सुकुम्बासीको मत र कर लिए पनि खानेपानी रोक्ने काम भएकामा गुनासो गर्नुभयो ।

सांसद राजेन्द्र बजगाईंले हिमाली पानी र जडीबुटी भारतीय बाटो हुँदै विश्व बजारमा पु¥याउन सके मुलुकले ठूलो मात्रामा आर्थिक लाभ हासिल गर्न सकिने बताउनुभयो । नेपालमा विदेशी लगानीको आकर्षण बढाउनका लागि आफूले गरेको पहललाई सार्थक बनाउन सरकारी कमजोरीका कारण नसकिएको जिकिर गर्नुभयो ।
सांसद दयालबहादुर शाहीले लोकतान्त्रिक संस्कारलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले काम गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार