काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन्।
मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको दाबी गरेका हुन्।
उनले गभर्नर नियुक्तिमा समेत कुनै समस्या नरहेको जिकिर गरेका छन्। ‘गठबन्धनमा कुनै समस्या छैन। गर्भनरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंकभित्रकै समस्याले हो। ओलीजीका कारणले गर्भनर नियुक्त हुन ढिलो भएको होइन,’ उनले भने।
कांग्रेस-एमालेबीच कुरा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको चर्चा चलिरहेका बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया