असार २४, २०८२ मंगलबार July 8, 2025

नेकपा एसले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने

नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्युको गहिरो अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २३ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले दोस्रो चरणको आन्दोलनको कार्यक्रम तयार गरी घोषणा गर्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालयले दोस्रो चरणको आन्दोनलको कार्यक्रम तयार गरी घोषणा गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थिति, संसदमा छलफल भैरहेको सरकारको नीति तथा कार्यक्रम, पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका विषयमा छलफल भएको प्रवक्ता प्रकाश ज्वालाले बताए ।

साथै, एकीकृत समाजवादीले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्यु प्रकरणप्रति ध्यानाकार्षण भएको पनि बताएको छ । बैठकले स्वर्गीय प्रिशाप्रति श्रद्धाञ्जली एवं परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । एकीकृत समाजवादीले उक्त घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । यस घटनाप्रति गम्भीर बन्न र कूटनीतिक एवं अन्य पहल अघि बढाउन एकीकृत समाजवादीले सरकारको ध्यानाकर्षण गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया