असार २४, २०८२ मंगलबार July 8, 2025

देउवाले बोलाए पदाधिकारी बैठक

गभर्नर नियुक्तीमा ढिलाई लगायतका समसामयिक बिषयमा निर्णय हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २५ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । यही बैशाख २६ गते शुक्रबार बस्नेगरि देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् । सरकारले सदनमा नीति तथा कार्यक्रम पेश गरिसकेको छ ।

अहिले नीति तथा कार्यक्रममाथि छलफल जारी छ । तर, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीको विषयलाई लिएर सत्ता सहकार्यमा रहेका कांग्रेस र एमालेबीच भने मतभेद रहेको कुरा बाहिरिएको छ ।

यद्धपी सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण गभर्नर नियुक्तीमा ढिलाई नभएको प्रतिक्रिया दिएका छन् । पदाधिकारी बैठकमा समसामयिक विषयमा पनि छलफल हुने बताईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया