असार २४, २०८२ मंगलबार July 8, 2025

वाइसिएलको सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा हुने

सम्मेलनले १३ जना पदाधिकारीसहित ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाणंडौं नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा हुने भएको छ। यही ३० र ३१ वैशाखमा हुने प्रदेशको पहिलो सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको वाइसिएलका सुदूरपश्चिम प्रदेश इन्चार्ज मीनबहादुर घर्तीमगरले जानकारी दिए।

सम्मेलनले १३ जना पदाधिकारीसहित ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। वाइसिएलका केन्द्रीय उपमहासचिवसमेत रहेका घर्तीमगरले कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य राख्नुपर्ने व्यवस्था रहेको बताए।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका २२८ प्रतिनिधिको सहभागिता रहने वाइसिएलको प्रदेश समितिले जानकारी दिएको छ। सम्मेलनको उद्घाटन माओवादी केन्द्रका उपमहासचिव एवं प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले गर्ने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया