श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेकपा सचिवालय बैठक शुरु, मन्त्रिपरिषद् हेरफेरको निर्णय हुनसक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेबाट सचिवालय बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

नेकपाको विवाद समाधान गर्न महासचिव बिष्णु पौडेल संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदल निर्माण गर्ने निर्णय पार्टीको कमिटीबाट नभएको भन्दै पार्टीका शिर्ष नेताहरुले दुई अध्यक्षले बनाएको ६ सदस्यीय कार्यदलको आधिकारिकताका बिषयमा समेत प्रश्न उठाएका थिए ।

पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेको बेला आज बिहान बस्नेगरी सचिवालय बैठक बोलाइएको छ ।

सचिवालय बैठकले कार्यदल गठन आधिकारिकता दिने र कार्यदलले गर्ने कामका बारेमा थप स्पष्टता गर्ने बताइएको छ । त्यस्तै पार्टीको अहिले विवाद मिलाउन प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा समेत हेरफेर गर्ने तयारी गरेकाले आजको बैठकमा यस बारेमा समेत गम्भिर छलफल हुनसक्ने बालुवाटार स्रोतको दावी छ ।

प्रधानमन्त्री ओलीले अर्थ एवं सञ्चारमन्त्री डा. युवराज खतिवडासहित दुई बर्ष मन्त्री भईसकेका करिब आधा दर्जन मन्त्रीहरु परिवर्तन गर्ने तयारी गरेको बताइएको छ ।

यद्दपी नेकपाको सचिवालय बैठक श्रावण ३ गते यता बस्न नसकेका कारण हुन सकेको थिएन । श्रावण ३ बतेको बैठक विवादस्पद समेत बनेको थियो । सो बैठकमा मंसिरमा महाधिवेशन गर्न प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति जनाएको भनिएको थियो । सो बैठक पछि प्रचण्डले सहमति भएको भनिएको अश्विकार गरेका थिए ।

गत श्रावण १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि स्थायी कमिटी बैठक समेत अन्योलमा रहेको छ । पछिल्लो पटक दुवै अध्यक्षबीच पार्टीको विवाद मिलाउन गत शुक्रबार ६ सदस्यीय कार्यदल बनाएपछि नेकपा विवाद मिल्न लागेको विश्लेषण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार