श्रावण ४, २०८२ आइतबार July 20, 2025

तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखिममा

मुस्ताङको छैरो क्याम्प जाने पुल जमिन च्यातिएर जोखिममा परेसँगै क्याम्पमा बस्ने शरणार्थीलाई दैनिक आउजाउ र मालसामान ढुवानीमा समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुस्ताङ, जेठ ७ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–१ र २ जोड्ने छैरो तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखिममा परेको छ । मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले कालिगण्डकी छैरो तिब्बती क्याम्पतर्फको खेतीयोग्य जमिन जोगाउन रिटेनिङ वाल निर्माणको क्रममा झोलुङ्गे पुल जोखिममा परेको हो ।

घरपझोङ–१ छैरो तिब्बती क्याम्पका शरणार्थीलाई लक्षित गरी निर्माण भएको छैरो तिब्बती क्याम्प जाने झोलुङ्गे पुल पर्खालको निर्माणका क्रममा जमिन चर्किन पुग्दा झोलुङ्गे पुल जोखिममा परेको हो । छैरो तिब्बती क्याम्पस जाने कालिगण्डकी नदीमा निर्माण भएको पुरानो झोलुङ्गे पुल जीर्ण हुँदा त्यस स्थानमा अर्को झोलुङ्गे पुल  निर्माण गरिएको थियो । उक्त पुल क्याम्पतर्फ क्षेत्रमा जमिन चर्किन पुग्दा तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखिममा परेका क्याम्पका मुखिया टसी ढिन्डुकले जानकारी दिनुभयो ।

“क्याम्पतर्फको भागमा झोलुङ्गे पुलको बिमा र पुलको डिपिसी धुजाधुजा भएको छ । पुल कुनै पनि बेला झनै ठूलो क्षति हुने खतरा बढेको छ”,  मुखिया टसी ढिन्डुकले भन्नुभयो, “पुलमा मान्छे हिँड्न जोखिम छ, यसैले पुलमा मान्छे हिँड्न बन्द गरेका छौँ ।”

मुखिया टसी ढिन्डुकले तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखिममा पर्दा  क्याम्पका करिब ६० घरधुरीलाई राजमार्ग सडकमा आउजाउ गर्न समस्या परेको बताउनुभयो । क्याम्प जाने झोलुङ्गे पुल जोखिममा परेकाले त्यसको मर्मत सुधार वा पुनःनिर्माणका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङमा निवेदन पेस गरेको मुखिया ढिन्डुकले उल्लेख गर्नुभयो ।

“पुल जोखिममा परेकाले मर्मत सुधार गरिदिन पहलका लागि प्रशासनलाई निवेदन दिएका छौँ”, उहाँले भन्नुभयो । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले तिब्बती क्याम्प जाने जोखिममा रहेको झोलुङ्गे पुल मर्मत सुधारका लागि कार्यालयले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । “हाम्रो कन्ट्रक्सनको कामले झोलुङ्गे पुलमा असर परेको छ”, कार्यालय प्रमुख आत्रेयले भन्नुभयो, “हामी जतीसक्दो छिटो झोलुङ्गे पुललाई यथाशिघ्र मर्मत गर्नेछौँ ।”

मुस्ताङको छैरो क्याम्प जाने पुल जमिन च्यातिएर जोखिममा परेसँगै क्याम्पमा बस्ने शरणार्थीलाई दैनिक आउजाउ र मालसामान ढुवानीमा समस्या परेको छ । अहिले पुल जोखिममा परेपछि क्याम्पका शरणार्थीले छैरो गाउँ नजिकको अर्को झोलुङे पुल तरेर करिब आधा घण्टा खर्चिएर राष्ट्रिय राजमार्ग आउनुपर्ने बाध्यता रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार