बैसाख १६, २०८३ बुधबार April 29, 2026

सार्वजनिक यातायातको भाडा ५ प्रतिशत बढ्यो

छोटो अवधिमै पुनः भाडा वृद्धि भएपछि सर्वसाधारण यात्रु थप प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । सरकारले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर पुनः वृद्धि गरेको छ। यातायात व्यवस्था विभाग ले बुधबार सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनमा लागू हुने गरी ५ प्रतिशत भाडा बढाइएको जनाएको हो।

विभागका अनुसार इन्धनको मूल्यवृद्धिका कारण सञ्चालन खर्च बढेकाले भाडादर समायोजन गरिएको हो। यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय को सैद्धान्तिक सहमति प्राप्त भएको बताइएको छ। नयाँ भाडादर सूचना जारी भएसँगै लागू भएको विभागले जनाएको छ।

यसअघि पनि सरकारले गत चैत २५ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो। छोटो अवधिमै पुनः भाडा वृद्धि भएपछि सर्वसाधारण यात्रु थप प्रभावित हुने देखिएको छ। इन्धनको मूल्य बढेसँगै यातायात क्षेत्रले भाडा समायोजनको माग गर्दै आएका थिए।

भाडा वृद्धिले लामो दूरीका यात्रुहरूमा बढी प्रभाव पार्ने अपेक्षा गरिएको छ भने ढुवानी खर्च बढ्दा बजारमा वस्तु तथा सेवाको मूल्यमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ।

vada.png

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया