काठमाडौंः काठमाण्डौ राजधानी लगायत उपत्यकाका तीनवटै जिल्लामा भदौ ३ गते रातीदेखी एकसातासम्म लकडाउन हुने भएको छ ।
तीनै जिल्लामा कोरोना रोकथाम समितिको मगलबार बसेको संयुक्त बैठकले उपत्यकाका तीनवटै जिल्ला काठमाण्डौँ, भक्तपुर र ललितपुरमा भदौ ३ गतेको राति १२ बजेदेखि भदौ १० गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले लकडाउन गर्न विभिन्न क्षेत्रबाट दबाब परेको थियो । काठमाण्डौं उपत्यकामा मंगलबार २ सय ५ जनामा कोरोना भाईरस संक्रमण देखिएको थियो भने अघिल्लो दिन सोमबार १ सय ७२ जनामा संक्रमण देखिएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया