असार २३, २०८२ सोमबार July 7, 2025

रास्वपा सह-महामन्त्री सुमना श्रेष्ठको राजीनामा स्वीकृत

पछिल्लो समय व्यक्तिगत व्यस्तताका कारण सहमहामन्त्रीको जिम्मेवारीबाट अलग हुने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ । आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकार गर्ने निर्णय गरेको हो ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बैठकमा सहमहामन्त्री श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा सर्वसम्मतिले स्वीकृत भएको जानकारी दिए ।

श्रेष्ठले पार्टीको सङ्गठनात्मक गतिविधिमा सक्रिय रहँदै आए पनि पछिल्लो समय व्यक्तिगत व्यस्तताका कारण सहमहामन्त्रीको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताएकी छन् ।

श्रेष्ठले आफू संसदीय भूमिकामा मात्रै सक्रिय हुन चाहेको भन्दै गत चैत १८ गते सहमहामन्त्रीबाट राजीनामा दिएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया