असार २३, २०८२ सोमबार July 7, 2025

राजेन्द्र महतोले गठन गरे राजनीतिक समिति (नामावलीसहित)

पार्टीको समसामयिक विषयमा महत्त्वपूर्ण नीतिगत निर्णय गर्न अधिकतम १५१ सदस्यीय राजनीतिक समिति हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय मुक्ति पार्टी नेपालले ५९ सदस्यीय राजनीति समिति गठन गरेको छ । गत माघमा सो पार्टी निर्वाचन आयोगमा दर्ता भएका थियो । चार महिनापछि राजनीति समिति गठन गरिएको हो ।

गत फागुन १२ र १३ गते बसेको केन्द्रीय समितिको बैठकले विभिन्न समिति गठन गर्ने निर्णय गरेअनुसार नै यो राजनीतिक समिति गठन गरिएको सो पार्टीका नेता सन्तोष मेहताले बताए ।

पार्टीको अन्तरिम विधान अनुसार पार्टीको समसामयिक विषयमा महत्त्वपूर्ण नीतिगत निर्णय गर्न अधिकतम १५१ सदस्यीय राजनीतिक समिति हुनेछ । यो समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारीहरू यस समितिमा रहनेछन् । त्यस्तै केन्द्रीय कार्यसमितिका सबै पदाधिकारीहरू यस समितिमा रहनेछन् ।

केन्द्रीय सल्लाहकार समिति, विज्ञ समिति, अनुशासन समिति, निर्वाचन समिति र लेखा परीक्षण समितिका प्रमुखहरू राजनीतिक समितिको पदेन सदस्य हुने विधानमा भनिएको छ ।

केन्द्रीय कार्य समिति नबसेमा वा बस्न नसकेको अवस्थामा केन्द्रीय कार्यसमितिका अधिकार यस समितिले लिने प्रावधान विधानमा उल्लेख छ । राजनीतिक समितिको बैठक कम्तीमा पाँच महिनामा एक पटक बस्नुपर्ने हुन्छ ।

राजनीतिक समितिमा पार्टीका राजेन्द्र महतो अध्यक्ष रहेका छन् भने सदस्यहरूमा बुद्ध छिरिङ मोक्तान, रामनरेश राय यादव, कमला गुरुङ, सुमन सायमी, ओमप्रकाश गुल्जारी यादव, चन्द्रकान्त चौधरी, शैलकुमारी महतो, इस्लाम हवारी, विश्वनाथ सिंह, राजीव झा, कौशलकुमार सिंह, केशव झा, रमण पाण्डे, सन्तोष मेहता, रामकिशोर सिंह, अनिल महासेठलगायतका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया