असार २४, २०८२ मंगलबार July 8, 2025

क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

“मसल रिल्याक्सिङ औषधि प्रयोग नगरी बिरामीलाई आधारभूत एनेस्थेसिया औषधि चलाएपछि पहिले कै अवस्थामा श्वासप्रश्वासले काम गर्छ ।”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, १२ जेठ : यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको छ । नेपालमै पहिलो पटक ‘मायस्थेनिया ग्राभिस’ प्रविधिबाट शल्यक्रिया गरिएको हो ।

दाङकी २२ वर्षिया एक महिलाको यही जेठ ८ गते सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । सफल शल्यक्रियापछि आइतबार अस्पतालले पत्रकार सम्मेलन गरी सो नयाँ प्रविधिबाट सफल शल्यक्रिया गरिएको जानकारी गराएको हो ।

अस्पतालका वरिष्ठ अंकोलोजिष्ट, थोरासिस एण्ड ल्याप्रोस्कपी सर्जन डा विनय ठाकुर नेतृत्वको चिकित्सक टोलीले ती महिलाको पेटमा एउटा सानो चिरा मात्रै पारेर दुरविन प्रविधिबाट शल्यक्रिया गरेको हो । डा ठाकुरले काठमाडौँमा एक वर्ष अघि रोग पहिचान गरी ती महिलाले औषधिको सेवन गर्दै आउनुभएको जानकारी दिनुभयो ।

यसभन्दा अगाडि तीन चार वटा प्वाल बनाएर, श्वासप्रश्वास नलीमा पाइप राखेर शल्यक्रिया गर्ने गरेको उल्लेख गर्दै डा ठाकुरले भन्नुभयो, “यसपटक पेटमा एउटा मात्रै प्वाल बनाएर, श्वासप्रश्वास नलीमा पाइप नै नराखी शल्यक्रिया गरिएको छ ।” अब यो प्रविधिबाट निरन्तर रुपमा शल्यक्रिया गर्ने उहाँले बताउनुभयो । ‘मायस्थेनिया ग्राभिस’ को शल्यक्रिया नेपालमा कम हुने शल्यक्रियामा पर्ने बताउँदै डा ठाकुरले आफूले वार्षिक १० जना हाराहारीमा यस्ता बिरामीको शल्यक्रिया गर्ने गरेको बताउनुभयो । यो शल्यक्रिया जोखिमपूर्ण मानिन्छ ।

यो रोगका बिरामीको मसल (मांसपेशी) पहिले कमजोर हुने भएकाले डा ठाकुरले त्यसमाथि ‘मसल रिल्याक्सिङ’ औषधि दियो भने शल्यक्रियापछि बिरामीलाई लामो समयसम्म भेन्टिलेटरमा राख्नुपर्ने बाध्यता हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मसल रिल्याक्सिङ औषधि प्रयोग नगरी बिरामीलाई आधारभूत एनेस्थेसिया औषधि चलाएपछि पहिले कै अवस्थामा श्वासप्रश्वासले काम गर्छ ।”

अस्पतालका एनेस्थेसियोलोजिस्ट डा रेश्मी थापाले यो शल्यक्रियामा ‘नन इन्टुवेटेड’ प्रविधि प्रयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा यस्तो शल्यक्रिया गर्दा श्वासप्रश्वास नलीमा पाइप राखेर बेहोस् बनाउने गरिन्थ्यो । पाइपमार्फत मसल रिल्याक्सिङ औषधिको प्रयोग गरिन्थ्यो, जसले शरीरका सबै अङ्गलाई प्यारालाइज गर्दथ्यो ।” ‘मायस्थेनिया ग्राभिस’ का बिरामीलाई यसरी बेहोस् बनाउँदा जोखिम झन बढी हुने डा थापाको भनाइ छ । आधारभूत इनेस्थेसिक औषधिको प्रयोग मात्रै गरेर बिरामीलाई बेहोस् बनाइएको उहाँको भनाइ छ ।

यो रोगले कुनै पनि उमेरका मानिसलाई असर गर्न सक्छ, तर यो रोग २५ वर्षमुनि तथा ६० वर्षभन्दा माथिकामा बढी देखिन्छ । डा ठाकुरले विश्वमा यो रोग एक वर्षमा एक लाख जनामा नयाँ एक जना बिरामी भेटिने बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले चिनियाँ सरकारको सहयोगमा प्राप्त उपकरणको प्रयोग गरी यो शल्यक्रिया गरिएको बताउनुभयो । अस्पतालका अध्यक्ष डा विजय न्यौपानेले यो शल्यक्रियालाई सर्जरी र एनेस्थेसिया दुवैको सफलता रहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार