काठमाण्डौंः नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टीहरूको पञ्चायतीकरण र नेताहरूको राजतन्त्र कायम रहेको बताएका छन् ।
शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले गणतन्त्रको स्टिकर टाँसेर मात्रै गणतन्त्र रहन नसक्ने बताए । उनले देश र जनता बनाउनुको ठाउँमा नेताहरू धन कमाउने कुरामा ध्यान केन्द्रित गरिरहेको बताए । लोकतन्त्रमा दल नसुध्रिकन नहुने उनको भनाइ छ ।
महासचिव भुसालले भारदारहरू र अहिलेका नेताहरूमा कुनै फरक नरहेको बताए । लोकतन्त्रका नेताहरूको विलासी जीवनशैली, व्यवहार नसुधारेसम्म दूरदिन अझै लम्बिने जिकिर गरे ।
महासचिव भुसालले भने ‘भारदारहरू र हाम्रा नेताहरू फरक छन् साँच्चै रु भन्नसक्छौँ । म गणतन्त्रवादी, मेरा नेता र राजाका भारदारको जीवनमा फरक छैन । तिनले बस्ने कुर्सी, तिनले हिँडेन तरिका, तिनका भेटघाट, रातिको भेटघाट, सम्पत्ति । साँच्चै कति कति फरक छ । गणतन्त्रवादीले यो नैतिकताका साथ किन भन्न सकिरहेका छैनन् । दोषी को हो ? यो नखोज्ने हो भने बिरालाको घाँटीमा कसैले घण्टी बाँध्दैनन् । दूरदिन अझै लम्बिएर जान्छ । यो त्यही विचारमा हामीले गरेको कम्परमाइजका लागि विपीले र पुष्पलालले लिएको बदला हो भन्ने लाग्छ । पार्टीहरू पञ्चायत जस्ता भए । अलिअलि छलफल त पञ्चायत, राष्ट्रिय पञ्चायतमा पनि हुन्थे । पार्टीहरूको पञ्चायतीकरण, नेताहरूको राजतन्त्र । गणतन्त्रको एउटा स्टिकर टाँसेर हुने हो की ? हामी धन कमाउनु,धमाउनु आदि इत्यादि काममा हामी गयौँ । लोकतन्त्रमा दल नसुध्रिकन हुँदैन ।’
महासचिव भुसालले भारदारहरू र गणतन्त्रवादीहरू फरक छौँ भनेर नैतिकताका साथ गणतन्त्रवादीहरूले भन्न नसक्ने बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया