असार २६, २०८२ बिहिबार July 10, 2025

बैंकका सिइओहरु नैं बाटोमा अलपत्र परेपछी उपत्यका भित्र निजी बैंकहरुको सेवा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सिमित जनशक्तिबाट संचालन गर्ने निर्णय गरेका निजी बैंक तथा वित्तिय संस्थाहरुलै अहिले केहीबेर अघिदेखि सेवा बन्द गरेका छन ।

उपत्यकामा आजदेखि लागु गरिएको निषेधाज्ञासँगै विहानै बैंकका सिइओ र कर्मचारी सेवा प्रभाव गर्न जाँदा बाटोमा प्रहरीले अनावश्यक दुख दिएको र कतिपय बैकका सिइओलाई त घण्टौं घाममा उभ्याइएको भन्दै विरोधस्वरुप बैंकहरु बन्द गरिएका हुन् ।

नेपाल बैकर्स एशोसिएसनको निर्णय बमोजिम उपत्यका भित्रका सबै निजी बैंकहरु बन्द गरिएको जानकारी नबिल बैंकका सिइओ अनिल केशरी शाहले नेपाल टीभीअनलाइनलाई जानकारी दिनुभयो ।

विहान बैंक खोल्न जाने कर्मचारीहरुलाई प्रहरीले बैंकको परिचय पत्रबाट आतेजाते गर्न नपाउने भन्दै रोकेको थियो ।

यसरी प्रहरीले ठाउँ ठाउँमा दुख दिएपछि संघले राष्ट्र बैंकसँग पनि सहयोगको लागि अनुरोध गर्‍यो तर बैंकका कर्मचारीले दुख पाइरहे । त्यसैले संघले बैंकहरु आज बन्द गर्ने निर्णय गरिएको हो- शाहले भन्नुभयो ।

हिजो मात्र नेपाल बैंकर्स एशोसियशनले हरेक ‘क’ वर्गका बैंकहरुले उपत्यका भित्र काठमाडौंमा ५ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा १ वटा शाखा संचालन गर्ने निर्णय गरेका थिए ।

तर ती शाखाहरुमा कर्मचारी पुग्न कठिन भएको र प्रहरी प्रशासनले सहयोग नगरेको भन्दै केहीबेर खुलेका बैंकहरु एकाएक बन्द भएका हुन ।

बैंक संचालनका अतिरिक्त नजिकैका एटीएम बुँथहरुमा पैसा राख्न समेत अब कठिनाइ भएको शाहले बताउनु भयो ।

सरकारले उपत्यकाभित्र अत्यावश्यक सेवा बाहेक अन्य काममा रोक लगाएपनि बैंक तथा वित्तीय संस्थाहरुको संचालन अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकोले आफूहरुले बैंक खोल्ने निर्णय गरेको तर निर्णय र कार्यन्वयनको पाटोमा गलत बुझाइ भएकोले असजिलो भएको सिइओ शाहको भनाइ छ ।

अहिले पनि राष्ट्रबैंक र सरकारी तहमा छलफल भैरहेको उहाँले जानकारी दिनुभयो । सरकारको निर्णय बमोजिम आफूहरु बैंक संचालन गर्न तयार भएको तर सरकारले वातावरण बनाउनुपर्ने उहाँको माग थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार