काठमाण्डौंः सत्तारुढ दल नेपाल क्मयुनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव बिष्णु पौडेल नेतृत्वको कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नेकपा अध्यक्षद्वय ओली र दाहाल बरिष्ट नेता नेपाल पक्षबीच विवाद चर्किँदै गएपछि समाधान खोज्नका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
गत साउन ३० गते गठित कार्यदलका सदस्यहरुमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी ताेकिएकाे थियाे । कार्यदलले सर्वसम्मतिले प्रतिवेदन पारित गरेर अध्यक्षद्वयलाई हस्तान्तरण गरेको थापाले जानकारी दिए ।
प्रतिवेदनबारे अध्यक्षद्वयबीच छलफल हुने र त्यसपछि सचिवालय बैठकमा पेस गरिने कार्यदलका एक सदस्यले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया