श्रावण १५, २०८२ बिहिबार July 31, 2025

राप्रपा बरिष्ठ उपाध्यक्ष मिश्र तीन लाख धरौंटीमा रिहा

रिहाइ भए पछि सम्पर्कबिहिन भएका भनिएका मिश्र आज काठमाडौं जिल्ला अदालतमा हाजिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रलाई सम्मानित अदालतले धरौटीमा रिहा भएका छन् ।

वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आज अदालतमा उपस्थित भए पछि सुरू भएको थुनछेक बहस पछि उनी तीन लाख धरौंटीमा रिहा भएका हुन । न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले उक्त आदेश दिएको हो ।

सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दावाट रिहाइ भए पछि सम्पर्कबिहिन भएका भनिएका मिश्र आज काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए ।

यसअघि राप्रपा महामन्त्री धवल शमशेर राणा पनि अदालतको सम्पर्कमा नआए पछि खोजी सुरू भए पछि हिजो अदालतमा उपस्थित भएका थिए । उनी माथीको थुनछेक बहस पछि हिजो नै ३ लाख धरौटीमा रिहा भइसकेका छन् ।

गत चैत १५ गते तीनकुने, काठमाडौंमा भएको राजावादी आन्दोलनको क्रममा उपद्रव मच्चाएको आरोपमा मिश्र र राणालाई सोही राती पक्राउ गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया